शनिबार, आश्विन १७ गते २०८३

सहकारी दिवसका अवसरमा जिल्ला संघ काभ्रेद्वारा अन्तर्क्रिया कार्यक्रम

चैत्र १८, २०७८ शुक्रबार
सहकारी दिवसका अवसरमा जिल्ला संघ काभ्रेद्वारा अन्तर्क्रिया कार्यक्रम

 

जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा सहकारीका समसामयिक विषय  र आगामी कार्यदिशा विषयक अन्तर्क्रिया सम्पन्न भएको छ । ६५ औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिलिप शर्माले गरेका थिए ।  

कार्यक्रम राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा बागमती प्रदेश सहकारी समन्वय उप समितिका संयोजक डिबी बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृत बद्री गुरागाँईले प्रस्तुत गरेका थिए । जिल्लाभरका प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा बिषयगत संघका अध्यक्षहरु जितेन्द्र नकर्मी, सुमन नेपाल, बिधान जोशि, मेनेजसैक्लवका उपाध्यक्ष गोपाल दाहाल, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, संघका निवर्तमान अध्यक्ष विनोद पराजुली, सहकारी विज्ञ तथा कर सम्वन्धि ज्ञाता शेषमणि दाहालको समेत सहभागिता रहेको थियो । 

सहकारी क्षेत्रमा हाल देखिएका बिषयहरुमा केन्द्रित भई अब सहकारी संस्थाहरु कुन बाटोबाट अगाडि बढ्नुपर्दछ भन्ने बिषयमा सान्दर्भिक छलफल भएको कार्यक्रममा विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको जिज्ञाषा समाधान गरिएको थियो । 

kavre coop 2.jpg

कार्यक्रममा बोल्दै महासंघका सञ्चालक तथा कार्यक्रमका प्रमुख अतिथि डिबी बस्नेतले हाल सहकारीमा देखिएका समस्याहरु समाधान गर्नका लागि यी र यस्तै विषयहरु अभियानकर्मीहरुको समुहमा विभाजन गरी विस्तृत छलफल गर्नुपर्ने बताए । जिल्ला सहकारी संघलाई बागमती प्रदेशभर अभियानमध्ये उत्कृष्ट बनाउन सक्नेमा आफु ढुक्क भएको जनाए । 

संघका अध्यक्ष दिलिप शर्माले जिल्लामा समुदायमा आधारित भई कार्य गर्न, सुशासन र पारदर्शी रुपमा आफ्ना गतिविधिहरुलाई लैजान संघले विभिन्न खालका गतिविधिहरु गर्दै आइरहेको भन्दै ७७ जिल्लामध्ये उत्कृष्ट बनाउने प्रतिवद्धता ब्यक्त गरे । 

संघका उपाध्यक्ष अमन पोटेले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन संघका सचिव निरन्जन बिष्टले गरेका थिए । 

संघले दिवसका दिन चैत्र २० गतेका संघको कार्यालयमा नेपालको झण्डा, अन्तर्राष्ट्रिय सहकारी महासंघको झण्डा फेर्ने, बेलुकी दीपावली गर्ने कार्यक्रम राखेको छ । प्रारम्भिक संस्थाहरुलाई समेत उक्त अवसरमा आफ्ना कार्यालयमा दीपावली गर्न संघले भनेको छ ।  

kavre 3.jpg