शनिबार, कार्तिक ८ गते २०८३

प्रगतिशील महिला विकास कृषक समुहद्वारा दोलखा र काभ्रेमा अवलोकन भ्रमण

चैत्र १७, २०७८ बिहीबार
प्रगतिशील महिला विकास कृषक समुहद्वारा दोलखा र काभ्रेमा अवलोकन भ्रमण

 

रुपन्देहीको तिलोत्तमा नगरपालिका, बैवरीमा रहेको प्रगतिशील  महिला विकास  बहुउद्देश्यीय  सहकारी संस्थाले कृषक समुहलाइ अध्ययन अवलोकन भ्रमण गराएको छ । संस्थाले  दोलखा क्युबी फर्म, बोच आलु तरकारी तथा मसला बाली विकास केन्द्र र काभ्रेपलान्चोकको आलु मसला बाली विकास केन्द्रको अध्ययन अवलोकन भ्रमण गरिएको संस्थाकी अध्यक्ष सीता न्यौपानेले जानकारी दिइन् । त्यसैगरी खोपासीमा रहेको रेशम खेती संरक्षण केन्द्र, काभ्रेकै पनौतिमा अवस्थित आलुको पुर्वमुल बीउ उत्पादन गर्ने प्रविधि,  टिस्युकल्चर ल्याब तथा बीउ आलु उत्पादनको फिल्ड अवलोकन गरेको हो ।  

त्यसैगरी अन्त्यमा संस्थाको शेयर सहभागिता रहेको बनेपाको नालामा स्थित महिला उद्यमी सहकारीद्वारा उत्पादन  गरिएको झोलमल, इएम तथा बोकसे मल बनाउने प्रविधिको समेत अवलोकन गराइएको थियो । संस्थालाई युएनडिपी र तिलोत्तमा नगरपालिकाले आलुको बीऊ प्रवद्र्धनका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थालाई बीउवृद्धि कार्यक्रमका लागि यस वर्ष १५ लाख रुपैया सहयोग गरेको अध्यक्ष न्यौपानेले बताइन् । 

कृषक समुहलाई आलु खेतीबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने अभिप्रायले अवलोकन भ्रमण आयोजना गरिएको हो । संस्थाको २० प्रतिशत र नगरपालिकाको ८० प्रतिशत योगदानमा संस्थाले बीउ प्रवद्र्धन तथा अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

pragati mahila bikash 3.jpg

pragati mahila bikash 2.jpg