शुक्रबार, कार्तिक ७ गते २०८३

बिम्स्टेकलाइ गतिशील बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

चैत्र १६, २०७८ बुधबार
बिम्स्टेकलाइ गतिशील बनाउनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

 

 प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिम्स्टेक० गतिशील बनाउनुपर्ने बताएका छन्। श्रीलंकाको कोलम्बोमा जारी बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै देउवाले बिम्स्टेकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकांक्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी  प्रवर्द्धन गर्नु अपरिहार्य भएको जनाए।

प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी  भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए। सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी संगठनलाई नवजीवन दिनुपर्ने उनले समेत बताए।

विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौतीको सामना गरिरहेको बेला कोभिड–१९ महामारीले निम्त्याएको संकटबारे पनि देउवाले चर्चा गरेका थिए। चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिबबिचको खाडल पुर्न सदस्य राष्ट्रबिच सहकार्य र साझेदारी आवश्यक भएको उनले बताए। सडक, रेलमार्ग, हवाई मार्ग र जलमार्ग विस्तारबाट यातायात सञ्जाल, ऊर्जा, र ‘पावर ग्रिड’ अन्तरसम्बन्धमा लगानी गर्न आह्वान गर्दै देउवाले बिमस्टेक भित्रको अन्तरक्षेत्रीय व्यापार र लगानीको मात्रा वृद्धि गर्नुपर्ने बताए। ।

‘