काठमाडौं । सुनसरीको दुहबीमा संचालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको कम्पनीले जनाएको छ ।
बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रालिका संस्थागत संचार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रष्ट्याएका हुन् ।
आज जारीे विज्ञप्तिमा सुनसरीको दुहबीमा वि.सं. २०३० सालबाट संचालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रालि’ मेसिनहरुको सरसफाई र केही स्टकहरु समेत क्लियरेन्स भएपछि पुनः उत्पादन प्रक्रिया थालिने जानकारी दिइएको छ ।