उदयपुर / नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय परिषदका सदस्य तथा अखिल नेपाल किसान यूनियनका सचिवालय सदस्य क.डण्डीराम तिमल्सिनाको आज बिहान ९ बजे अन्ति संस्कार गरियो । यस अघि उहाँको पार्थिब शरीरमा सामुहीकरुपमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओडाएर सम्मान प्रकट गरिएको थियो । शबयात्रा मलामीकोरुपमा पार्टीका उपाध्यक्ष भिमप्रसाद सेढाई, सचिवालय सदस्य भिमकुमार बान्तबा, केन्द्रिय सदस्य तिलक कटुवाल,कमला सेढाईं, परिषद सदस्य तोयाराज अधिकारी लगायतका पार्टीका जिल्ला कमिटी तथा क्षेत्रीय कमिटीका कमरेडहरुको उपस्थिति रहेको थियो ।
त्रियुगा नदी किनारमा दाहासंस्कार सकिए पिछ त्यस स्थानमा सम्मानस्वरुप नेपाल कम्युनिष्ट पार्टीले झण्डा गाडेको थियो ।
दाह संस्कारका बेला त्रियुगा नदी किनारामा बेल्टाबजारका सयौं मानिसरु सहभागी भएका थिए भने त्यस आसपसका डण्डीरामजीका मित्रहरु, शुभचिन्तक र सहयोगीहरु पनि ठूलो संख्यामा उपस्थित रहेको कुरा बेल्टारबाट ऐश्वय सुबेदीले जानकारी दिए । दुर्घटनामा पल्टिएको टेम्पोलाई प्रहरी चौकीमा राखिएको छ भने टेम्पो मालिक घोप क्याम्प धरानमा उपचाररत रहेका छन् भने चालक बिराटनगरुमा न्यूरो उपचार गराइरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय उपाध्यक्ष भिमप्रसाद सेढाईले उपयुक्त समसय मिलाएर निधन भएका कमरेड तिमल्सिनाको सम्मान एक शोक सभाको आयोजना गर्ने बारे कमरेडहरुका बीच्मा सरसल्लाह भइरहेको बताउनु भएको छ । कमरेडको बिचारका अनुयायी सिद्धान्तनिष्ठ, इमानदार र समाजसेवी प्रबृत्तिका कमरेड डण्डिराम तिमल्सिनाप्रति नेपालपत्र न्यूज डटकमको तर्फबाट हार्दिक श्रद्धाञ्जली ।