शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी दिवसमा ललितपुरमा तीन दिन कार्यक्रम हुने 

चैत्र १४, २०७८ सोमबार
सहकारी दिवसमा ललितपुरमा तीन दिन कार्यक्रम हुने 

 

६५ औं राष्ट्रिय सहकारी दिवस नजिकिएसँगै विभिन्न कार्यक्रमको घोषणा हुन थालेको छ । विगत दुई वर्ष कोभिड १९ का कारण खुला रुपमा कार्यक्रम हुन सकेको थिएन । यस वर्ष भने कोभिडको सामान्य अवस्था रहेकाले विभिन्न सहकारी संघसंस्थाहरुले खुल्ला कार्यक्रम समेत आयोजना गर्ने भएका छन् । 

यसै क्रममा जिल्ला सहकारी संघ, ललितपुरले अध्यक्ष माधव दुलालको संयोजकत्वमा ६५ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समिति गठन गरेको हो ।

दिवसको अवसर पारेर ललितपुरमा तीन दिन कार्यक्रम गर्ने समितिले निर्णय गरेको छ । चैत्र १९ गते मंगलबजारमा रक्तदान कार्यक्रम तय भएको छ । त्यस्तै २० गते  प्रभातफेरी तथा संघको नवनिर्मित भवनमा दिप प्रज्वलन कार्यक्रम तय गरिएको छ । यसैगरी २१ गते ललितपुर महानगरपालिकाको सहकार्यमा सहकारी गोष्ठी, गोदावरी गाउँपालिकाको हलमा रक्तदान र सोही स्थानमा सहकारी अन्तर्क्रिया हुनेछ ।

सहकारी दिवसको दिन आआफ्नो संस्थामा विभिन्न कार्यक्रम सञ्चालन गर्न समेत संघले अनुरोध गरेको छ । सहकारी दिवसको शुभकामना व्यानर कार्यालयमा राख्नुहुन, दिप प्रन्वलन गर्नुहुन, समितिले गरेको कार्यक्रमहरुमा सहभागिता जनाउन भनिएको छ । त्यसैगरी सहकारी प्रभातफेरी कार्यक्रममा जिल्ला भरका संस्थालाई  व्यानर, प्लेकार्ड, बाजागाजा तथा झाँकीसहित उपस्थिति हुन अनुरोध गरेको छ ।

नेपालको सहकारी अभियान शुभारम्भ भएको ऐतिहासिक दिनको रुपमा वि. सं. २०१३ साल चैत्र २० गतेलाई स्मरण गर्दै सहकारी दिवस मनाउने गरिएको छ । 

distric coop lalitpur.jpg