शनिबार, आश्विन १७ गते २०८३

नेपाल कम्युनिष्ट पार्टीका नेता तिमल्सिनाको सवारी दुर्घटनामा परी निधन

चैत्र १४, २०७८ सोमबार
नेपाल कम्युनिष्ट पार्टीका नेता तिमल्सिनाको सवारी दुर्घटनामा परी निधन

 

नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय परिषद सदस्य दण्डीराम तिमल्सिनाको चैत्र १३ गते दिउँसो सवारी दुर्घटनामा परी निधन भएको छ । अखिल नेपाल किसान यूनियनका केन्द्रिय सचिवालय सदस्य समेत रहेका उदयपुर चौडण्डी नगरपालिका बेल्टार निवासी तिमल्सिनाको गाईघाटबाट बेल्टार जाँदै गर्दा चढेको टेम्पो दुर्घटनामा परी घटनास्थलमा नै निधन भएको हो । 

स्थगित भएको नेपाल कम्युनिष्ट पार्टीको एकताको दोश्रो राष्ट्रिय सम्मेलन २०७८ चैत्र ११—१२ मा सहभागी भएर जनकपुरबाट गाईघाट हुँदै आफ्नो घर बेलटार फर्कने क्रम रहेका थिए । 

पार्टीले एक शोक वक्तब्य प्रेषित गर्दै निजको निधनबाट पार्टीपंक्ति स्तब्ध र भावबिह्वल भएको जनाएको छ । पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले तिमल्सिनाको निधनबाट पार्टीले एक निष्ठावान, स्वाभिमानी र समर्पित अभिभावक गुमाएको जनाएको छ । 

अत्यन्तै दुःखद र संवेदनशील घडीमा नेपाल कम्युनिष्ट पार्टी तिमल्सिनाप्रति हार्दिक श्रध्दाञ्जली प्रकट गर्दै शोकाकुल पार्टी पंक्ति, परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । 

दुर्घटनाको कारणबारे पूर्ण छानबिन गरी यथार्थ विवरण सार्वजनिक गर्न र पीडित परिवारलाई सान्त्वना र राहत प्रदान गर्न पनि नेपाल कम्युनिष्ट पार्टीले माग गरेको छ । 

CPN Shok Baktabya PHOTO.jpg