सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफ्ट काठमाडौं ठमेलसँग होटलको सेवाहरुमा छुट दिने सम्झौता गरेको छ ।
ग्राहकहरुले सानिमा भिसा कार्ड र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा ¥याडिसन होटलमा १०% छुट, द एभरेष्ट होटलमा १५% छुट, होटल अकामामा २०% छुट र अलफ्ट काठमाडौं ठमेलमा १५% छुट पाउनेछन् । यी होटलहरुमा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट उपलब्ध हुनेछन् ।
सानिमा बैैकको देशका सातै प्रदेशमा १२६ वटा कार्यालय तथा ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा हेर्न सकिने बैंकले जनाएको ।