नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ ।७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रु १,२४,२३,३८,५६४ ( को ११ प्रतिशतका दरले हुने वोनश शेयर तेह करोड छैसट्टि लाख सन्ताउन्न हजार दुई सय बयालिस र नगद लाभांश वोनश शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५७८९ प्रतिशतले हुने रु एकहत्तर लाख बयानब्बे हजार चार सय छयासी मात्र ) वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।