शुक्रबार, कार्तिक ७ गते २०८३

आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखिने

चैत्र ७, २०७८ सोमबार
आगामी बजेटमा कृषिलाई प्राथमिकतामा राखिने

 अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष २०७९र८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताएका छन् ।

आज बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित भएको समेत बताए । उनको अनुसार बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखिने छ ।

‘आगामी आवको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडि बढाएका छौं’ उनले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ ।’ कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आवदेखी प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए ।

उनले प्रमुख शहरसँग ग्रामिण क्षेत्रको दुरी घटाउने गरी पूर्वाधार विकास गर्नेतर्फ पनि बजेटले ध्यान दिने बताए ।