शुक्रबार, कार्तिक ७ गते २०८३

हस्तकला महासंघको अध्यक्षमा प्रचण्ड शाक्य

चैत्र ६, २०७८ आइतबार
हस्तकला महासंघको अध्यक्षमा प्रचण्ड शाक्य

नेपाल हस्तकला महासंघको ४१औं वार्षिक साधारणसभाबाट अध्यक्षमा प्रचण्ड शाक्य निर्वाचित भएका छन् । 

महासंघको वरिष्ठ उपाध्यक्षमा सनम शाक्य, जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्षमा दीपेन्द्र शाक्य, वस्तूगत संघ उपाध्यक्षमा अमृत खड्का, उद्योगतर्फको उपाध्यक्षमा दिव्यतारा तूलाधर, वाणिज्यतर्फको उपाध्यक्षमा दिल्ली रत्न तूलाधर, नविन शाक्य, एसोसिएटतर्फ किरण कूमार स्थापित निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरुमा गणेशमान राजचल, पदमराज बराल, रेखा अर्याल, श्रीकृष्ण प्रजापति, अमुल्य देवी शाक्य, रत्नमूनी ब्रम्हाचार्य, विक्रम सिंह महर्जन, प्रताप शाक्य, मिलनवीर मालाकार, राकेश बज्राचार्य, उदिप शाक्य, माणीक मान शाक्य, विकाश शाक्य, सूजन रत्न शाक्य र दिपेन्द्र शाक्य निर्वाचित भएका हुन् ।

hastalkala 2.jpg