पारिजात बचत तथा ऋण सहकारी संस्था को आयोजनामा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । सुर्यविनायक नगरपालिका वडा नं ५मा रहेको नेपाल क्यान्सर केयर फाउन्डेशनको सहकार्यमा शनिवार ‘एक दिवसिय पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क भीआइए परीक्षण शिविर’ भएको हो ।
संस्थाका अध्यक्ष ध्रुव वहादुर रायमाझी तथा वडा नं ५ का वडा सदस्य वासुदेव पोखरेलले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रम शुरु गरिएको थियो । शिविरमा ३० देखि ६० वर्ष उमेर समुहका १४८ जना महिलाको पाठेघरको परीक्षण गरिएको थियो । नेपाल क्यान्सर केयर फाउन्डेशनका डा. सरीता घिमिरे, डा. अलका सिंह , डा. परमेश्वरी श्रेष्ठ लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।