शुभकामना बचत तथा ऋण सहकारी संस्थाले आ.व. २०७८/७९ को अर्ध–वार्षिक समीक्षा गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा संस्थाको मुख्य कार्यालयमा सम्पन्न भएको हो ।
कार्यक्रममा यस आ.व.मा सम्पन्न विभिन्न गतिविधि तथा कार्यक्रमहरुकोबारेमा जानकारी दिँदै संस्थाका सचिव पुष्पलाल तिमिलाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी उनले आगामी असार मसान्तसम्ममा सम्पन्न गरिने कार्यक्रमहरुको समेत बिस्तृत जानकारी गराए ।
कोषाध्यक्ष बलराम जु श्रेष्ठ ज्यूले २०७८ पौष मसान्तसम्मको तुलनात्मक आर्थिक प्रतिवेदनको साथै २०७८ फागुन २४ गते सम्मको अवस्था बारेमा जानकारी गराएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत राध्यश्याम दुवालले हालसम्मको वित्तीय अवस्था, तरलता, ऋण, बचत, कर्मचारी, बिभिन्न कार्यक्रमहरु, आम्दानी, खर्च लगायतको बिषयमा समीक्षात्मक टिप्पणी गरेका थिए ।
संस्थाका उपाध्यक्ष निर्मला सुवालले स्वागत भएको उक्त कार्यक्रम शिक्षा उप समितिका संयोजक बिष्णुभक्त कवाँले संचालन गरेका थिए । संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवालले समसामयिक बिषयमा आफ्नो धारण प्रस्तुत गरेका थिए ।