शुक्रबार, कार्तिक ७ गते २०८३

संचित साकोसको १३औं वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर

फाल्गुण २९, २०७८ आइतबार
संचित साकोसको १३औं वार्षिकोत्सवमा रक्तदान तथा स्वास्थ्य शिविर

 

संचित बचत तथ ऋण सहकारी संस्थाले १३औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । 

दिवसको अवसरमा भक्तपुर रेडक्रस सोसाइटी को प्राविधिक सहयोगमा गरिएको खुल्ला रक्तदान कार्यक्रममा २४ जना पुरुष, र ११ जना महिला गरी ३५ जनाले रक्तदान गरेका थिए ।   त्यसैगरी संस्थाले निःशुल्क आँखा शिविर कार्यक्रममा पनि सञ्चालन गरेको थियो ।  निलिशा अप्टिकल, जगातीको सहयोगमा आयोजित शिविरमा १०५ महिला र ६० पुरुष गरी १६५ जनाले परीक्षण गराएका थिए । डाक्टर डिजेन कुमार सुजखुले आँखा जाँच गरी निःशुल्क औषधी तथा चस्माको व्यवस्था गरेका थिए । 

संस्थाका अध्यक्ष योगेन्द्र खरबुजाको सभापतित्व एवं संस्थाका सल्लाहकार विनोदशरण रायको प्रमुख आतिथ्यतामा गत २६ गते संस्थाले सदस्यबीच केक काटी औपचारिक रुपमा स्थापना दिवस मनाएका थिए ।

संस्थाका व्यवस्थापक लक्ष्मी प्रसाद बखाद्योले संस्थामा हालसम्म २,८५० शेयर सदस्य, ८०० बालसदस्य, २ करोड ५८ लाख शेयरपुँजी, ४३ करोड ८० लाख ७० हजार बचत संकलन गरी ५० करोड ९३ लाख ६५ हजार ऋण लगानी गरेको जानकारी दिए ।  

संस्थाले सूर्यविनायक राममन्दिरमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आएको छ । 

sanchit 2.jpgsanchit 3.jpg