शनिबार, आश्विन १७ गते २०८३

भेडाहरु

फाल्गुण २५, २०७८ बुधबार
भेडाहरु

Madhu.jpg

मधु श्रेष्ठ 

साथमा डिग्री लिएर

बौद्धिक भेडा बन्दछन् ।

हरियो घाँस खानलाई

भ्या–भ्या गरी कराउँछन् ।

      भेडाहरु कराउँदै गर

      गोठालाले धपाउँछ ।

      दायाँ वायाँ निस्कियो भने

      लौरो लिई ठटाउँछ ।

चुनाव आए भेडाहरु

यताउता दौडिन्छन् ।

टिकाटाला लगाएर

फूलमाला पैरिन्छन् ।

       चुनाव अघि भेडालाई

       दाम्लो लगाई बाध्दिन्छन् ।

       विदेशबाट ल्याएको

       हरियो घाँस हाल्दिन्छन् ।

चुनाव पछि भेडाहरु

यता उता टहलिन्छन् ।

मालिकलाई भेट्न जाँदा

भेट्न नपाई रल्लिन्छन् ।

 

२०७८/११/२५