शनिबार, आश्विन १७ गते २०८३

महालक्ष्मी विकासद्वारा प्रहरी कार्यालयलाई खानेपानी प्लान्ट हस्तान्तरण

फाल्गुण २५, २०७८ बुधबार
महालक्ष्मी विकासद्वारा प्रहरी कार्यालयलाई खानेपानी प्लान्ट हस्तान्तरण

 

महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले ईलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यवस्थापनका लागि स्वचालित विद्युतीय आर.ओ. प्लान्ट हस्तान्तरण गरेको छ । 

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

त्यसैलाई निरन्तरता दिँदै स्वस्थ जीवनयापनका लागि शुद्ध खानेपानी अति आवश्यक रहेको बताउदै पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले ईलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने भएकाले आरओ प्लान्ट हस्तान्तरण गरिएको बताए । 

कार्यक्रममा समाजसेवी, कर्मचारी, उद्योगी, व्यापारी, सुरक्षाकर्मी,  पत्रकार तथा स्थानियहरुकोे उपस्थिती रहेको थियो । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।