शनिबार, आश्विन १७ गते २०८३

ब्लोदानको आयोजनामा मनाइयो सातौं “राष्ट्रिय रक्तदाता दिवस”

फाल्गुण २३, २०७८ सोमबार
ब्लोदानको आयोजनामा मनाइयो सातौं “राष्ट्रिय रक्तदाता दिवस”

 

ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) ले स्थापना दिवस र सातौं रक्तदाता दिवस मनाएको छ । ब्लोदानले अग्रज रक्तदाताहरुको सम्झनामा हरेक वर्ष “राष्ट्रिय रक्तदाता दिवस” मनाउँदै आएको छ । 

क्षेत्रपाटी पार्टी प्यालेसमा फागुन २२ आयोजित कार्यक्रम ब्लोदानका अध्यक्ष सानुबाबु प्रजापतिको सभापतित्वमा भएको थियो । काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका विशेष अतिथिमा बागमति प्रदेश सभा सदस्य नरोत्तम बैद्य, ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठ, वरिष्ठ सल्लाहकारहरु सुभास गोयल, निता घिराइया र लोक नारायण सुवेदी, संस्थापकद्वय दिव्य मणि दिक्षित र सुवर्ण राज लम्साल, सल्लाहकारहरु भारती कसा, राजेन्द्र कुमार श्रेष्ठ सूर्यलाल महर्जन र सुभद्रा खड्का, अतिथिहरुमा टियु लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टरका महासचिव अजय प्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवाका प्रमुद दिव्यराज पौडेल,कान्तीपुर रक्त संचार सेवाका प्रमुख टिकाराम मण्डल, प्रशुती गृह रक्त संचारका प्रमुख परशुराम दाहाल, हिमाल रक्त संचार सेवा र नेरेसो ललितपुर रक्त संचार सेवा र नेरेसो भक्तपुर रक्त संचार सेवा का प्रतिनिधीहरु त्यस्तै काठमाण्डौ,ललितपुर,भक्तपुर र काभ्रे ब्लोदानका क्रमश जनक कुमार खड्का,साधुराम महर्जन, शिव कुमार त्वायना, गणेश कुमार रंजित र आर एच नेगेटीभका प्रमुख जीवन बस्नेत, नेपाल साइक्लीङ्ग एशोसियसन का अध्यक्ष छिमी उर्गेन गुरुङ्ग लगायत अन्य पदाधीकारी र रक्तदानका क्षेत्रमा उल्लेख्य योगदान गर्ने रक्तदाताका साथै रक्तदान गर्ने संस्थाहरुको उपस्थीति रहेको थियो ।

उपस्थित प्रमुख अतिथि र विशेष अतिथिलाइ खादा र मायाको चिनो प्रदान गरीएको थियो भने उद्घाटन विशेष अतिथि द्वारा पानसमा बत्तीबाली गरीएको थियो ।

कार्यक्रम स्वागत मन्तव्य राख्दै प्रथम उपाध्यक्ष राजेश श्रेष्ठले ब्लोदानको इतिहास बारे जानकारी दिएका थिए भने महासचिव केशव महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए । 

कार्यक्रमका सभापति सानुबाबु प्रजापतिले ब्लोदानले विगत देखि वर्तमान सम्म गरी आएका र आगामी दिनमा रक्तदानका क्षेत्रमा ब्लोदानले खेल्नु पर्ने भुमिकाका बारेमा प्रष्ट पारेका थिए । 

त्यस्तै अतिथि नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा का प्रमुख दिव्यराज पौडेलले ब्लोदानले रक्तदाताहरुलाइ रक्तदान गर्नकालागी सहजीकरण गरी देशमा रगत अभाव हुन नदिन गरेको प्रयासको सराहना गरे । साथै देशमा इमान्दारिताको प्रश्न उठिरहेको बेलामा रक्तदाताहरुलार्इ पनि इमान्दार भएर रक्तदान गर्न अपील गरे । सबै रक्तदाताहरुले स्वच्छ आहारा पश्चात गरेको रक्तदान विरामीहरुकालागी महत्वपुर्ण हुने जानकारी उनले दिए । रक्तदाताले निशुल्क गरेको रक्तदान विरामीहरुले विना शोधभर्ना  पाउनु पर्छ भन्ने मान्यतामा आफु ब्लोदान संगै उभिएको र सम्बन्धित निकाय संग पहल गरी रहेको जानकारी समेत उनले दिए । 

त्यस्तै आजको कार्यक्रममा परोपकार संस्थाका अध्यक्ष हितकर विर सिं कंशाकारले नेपाल रेडक्रस सोसाइटीले हाल सम्म पनि ब्लोदानलाइ सहयोगी संस्थाको रुपमा नहेरेकोमा चिन्ता व्यक्त गरे । यदि हाल सम्मको बुझाइ गलत भए उचित स्थान दिन आग्रह गरे । 

प्रमुख अतिथि काठमाण्डौं महानगरपालीकाका मेयर विध्या सुन्दर शाक्यले अहिले सम्म आफु पनि नियमित रक्तदाता भएको हुनाले रक्तदाता र विरामीको भावना अनुसार सम्बन्धित संघ संस्था लगायत निकायसँग रक्तदानका क्षेत्रमा पुर्णरुपमा सहयोग गर्ने बताए । 

बाग्मती प्रदेशका सभासद नरोत्तम बैध्यले विरामीहरुलाई बिना शोधभर्ना रगत उपलब्ध गराउन सदैव लागिरहने जनाए । 

त्यस्तै सल्लाहकार द्वय सूर्यकुमारी श्रेष्ठ र सुवर्ण राज लम्सालले सबै रक्तदाताहरुको साझा संस्था ब्लोदान भएकोले ब्लोदानका हरेक कार्यक्रमहरुमा सहभागी हुनुपर्ने जनाए । 

टियु लायन्स ब्लड बैंक एण्ड रिसर्च सेन्टर का महासचिव अजय प्रसाद खनालले ब्लोदानका हरेक कार्यक्रमहरुलाइ लायन्स ले साथ दिइरहेको र आगामी दिनमा अझ बढी सहकार्य गरी रक्तदानका कार्यक्रम गर्ने जनाए । 


त्यस्तै ब्लोदानका आह्वानमा रक्तदान गर्ने संघ संस्थाहरुलाइ सम्मान गर्नुका साथै विगतका वर्षहरुदेखि नियमित रुपमा ब्लोदानको आह्वानमा रक्तदान गर्दै आएको पशुपति मारवाडी सेवा समिति लाइ २०६४ साल देखि हाल सम्म २००० वटा शिविर संचालन गरी करिव ६०००० यूनिट रगत संकलन गरेको, त्यस्तै सिभिल बैंकलाइ एकै दिनमा आफ्नो उपत्यकाका १८ वटा शाखाहरुमा रक्तदान शिविर सञ्चालन गरेको साथै ब्लोदानका संस्थापक तथा सल्लाहकार सुर्यकुमारी श्रेष्ठलाइ ब्लोदानमा रु १,०१,०००÷– (अक्षेरुपी एकलाख एक हजार रुपैया) को कोष खडा गरी सो कोषको रकमबाट आर्जित व्याजबाट रक्तदानका क्षेत्रमा महिला रक्तदाताहरुलाइ उत्पेरणा जगाउनका लागी खर्च गर्ने गरी रकम ब्लोदानलाइ अगाडी बढाउनमा मध्दत गरेकोमा सम्मान गरिएको थियो । त्यस्तै ब्लोदानले स्थापना गरेको ब्लड फण्डमा आर्थिक सहयोग गर्नुहुने उपाध्यक्ष राजेश श्रेष्ठ र केन्द्रिय सदस्य श्यामकृष्ण श्रेष्ठ पनि सम्मानित भए । 

रक्तदाता दिवस २०७८ को कार्यक्रममा रक्तदाता अर्जुन मैनालीको पुस्तक “रक्तदान”  प्रमुख अतिथि तथा विशेष अतिथी लगायत आसन्न अतिथिहरुबाट सामुहिक रुपमा विमोचन गरीएको थियो भने उक्त पुस्तकको एउटा खण्डको कविता बाचन साहित्यकार सुदेश सत्यालबाट गरिएको थियो ।

कार्यक्रमको अन्तमा ब्लोदानका उपाध्यक्ष उज्वल केसीले धन्यवाद ज्ञापन गर्दै फागुन २२ गते नै किन राष्ट्रिय रक्तदाता दिवस मनाउने गरेको भन्ने बारे प्रकाश पारेका थिए ।