नेपालको कम्युनिष्ट आन्दोलनमा एक पुराना बामपन्थी नेता कृष्णराज बर्माको हिजो ९३ बर्षको उमेरमा हिजाे निधन भएको छ । उहाँ बिमारी परेर केही समयदेखि अस्पतालमा उपचाररहत हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ नेकपा(एमाले)को जेष्ठ नागरिक मञ्चमा रहनु भएको थियो । २०१७ सालको राजाको प्रतिगामी राजनीतिक प्रतिप्रबाहपछि कमरेड पुष्पलाल र डा रायमाझी खेमामा बिभाजित भएको कम्युनिष्ट आन्दोनलमा करीब दुइ दशकसम्म उहाँ रायमाझी खेमामा रहनु भएको थियो ।
४० को दशकपछि उहाँ पनि रायमाझी खेमाबाट बाहिर आउनु भयो र आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पाटी(बर्मा समूह) बनाएर सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरुद्धको संघर्षमा संयुक्त बाममोर्चा मार्फत सहभागी हुनु भएको थियो । रायमाझी खेमालाई नेपालको कम्युनिष्ट आन्दोलनमा रुसपन्थी भनेर चिनिन्थ्यो ।