शनिबार, आश्विन १७ गते २०८३

समता घरेलु लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग

फाल्गुण २२, २०७८ आइतबार
समता घरेलु लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ्ग

 

समता घरेलु लघुवित्त वित्तीय संस्थाको बाँकी शेयर फर्दर पब्लिक ईस्यु द्वारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

साविक समता लघुवित्त वित्तिय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्थाबीच शेयर आदानप्रदान दर १००ः८० (समताःघरेलु) कायम हुने गरि गाभिए पश्चात् संस्थाको कुल चुक्ता पुँजी रु.२८ करोड ५६ लाख २० हजार १६० को २० प्रतिशत वोनस पश्चात् कम्पनीको चुक्ता पुँजी रु. ३४ करोड २७ लाख ४४ हजार १९२ भएको छ । उक्त शेयर संरचनामा संस्थापक ७० र सर्वसाधारणको ३० अनुपात कायम हुने गरी एफपीओ निष्काशन गर्न लागेको हो ।

सो सम्झौता–पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।