नेकपा एमालेकाे एकतामा आफ्नो हिस्सा खोज्न लागिपरेकाे बताउने नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम ओली एमालेमा प्रबेश गरेका छन् । उनले फुटबाट एमाले जोगाउने कोशिस गरेको दाबी गर्दै आएका छन्। पछिल्लो पटक नेकपा एमालेको एकताका लागि पनि आफूले अभियान चलाइरहेको उनको दाबी छ।
हिजाे सत्ताधारी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेकेको र माधवकुमार नेपाल पक्ष सहभागी नभएको केन्द्रीय कमिटी बैठकमा सामेल भएका गौतमले आफू एकताको पक्षधर भएको बताएका थिए। साथै उनले आफूले गुण र दोषका आधारमा नेताहरुलाई समथर्न गर्दै आएको पनि स्पष्टिकरण दिएका थिए ।
त्यसै क्रममा उनले आफूलाई नेकपा एमाले एकताका लागि लिखित जिम्मेवारी दिन अध्यक्ष ओलीसँग प्रस्ताव गरेका थिए। तर ओलीले गौतमको प्रस्ताव अस्वीकार गरेकाे एक श्राेतले बताएकाे छ । ओलीले आफूले जारी गरेको प्रेस विज्ञप्तीमा एकताका लागि पार्टी पंक्तिलाई आव्हान त गरेका छन् तर गौतमलाई लिखित जिम्मेवारी दिनबाट उनी पन्छिएका छन्। गौतमले आफू एकताको पक्षमा धेरै नै समय दिइरहेको भन्दै अध्यक्षबाट लिखित जिम्मेवारी मागेका थीए । तर अध्यक्षले त्यसमा बेवास्ता गर्नुभयो। त्यसबाट गौतम निराश भएकाे र हिस्स परेकाे बताइएकाे छ ।
यतिबेला विभाजनको संघारमा पुगेको एमाले एकताका लागि ओली र नेपाल खेमाका केही नेताहरु लागेपनि उनीहरु सफल भइसकेका छैनन्। ओलीले शुक्रबार नै नेपाल पक्षले दुई दिनभित्र विपक्ष दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्। निर्देशन पालना नभए एकताको आधार नबन्ने उनले स्पष्ट चेतावनी पनि दिइसकेका छन्।
यसअघि बैठकमा आफ्नो सम्वोधनमा ओलीले गौतमलाई ‘धेरै आउने जाने नगरी एमालेमै रहन’ ब्यंगात्मक आग्रह पनि गरेका थिए । त्यसको जवाफमा वामदेवले आफू एमालेमा आइसकेको प्रष्ट बताएका थिए । तर, पार्टी एकताको अपरिहार्यतामा पनि उनले जोड दिए ।
उनले खुलस्त पारे, ‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि पनि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’
यद्यपि, आफूले ओलीका हरेक कुरालाई समर्थन जनाएर ताली बजाउन नसक्ने पनि उनले प्रष्ट पारे । ‘तपाईंले आउनुस् भन्नुभाको छ । म तपाईंको सुझावलाई मान्छु । तर म क्रिटिकल पनि छु है भन्ने विषय पनि अवगत गराएको छ । जे-जे शब्द आउँछन्, ताली बजाउँदै समर्थन गर्ने होइन । राम्रोलाई समर्थन गर्ने हो, नत्र यो ठिक भएन भन्ने हो ।’
आफू पार्टी एकता गराउने उद्देश्यले नै एमालेमा आएको गौतमले दोहोर्याए । उनले भने, ‘म तपाईंसँग आएको छु पार्टी एकता गराउनका लागि । मेरो प्रस्तावलाई सही ठान्नुहुन्छ भने एउटा माग गर्न चाहन्छु । कम्युनिष्टहरुसँग कार्यगत एकता तथा फुटेको पार्टी जुटाउने सम्वन्धमा हाम्रो पार्टीबाट तपार्इंले नेतृत्व गर्नुस् भनेर मलाई दिनुस् । तपाईंको मुख्य जिम्मेवारी यही भो भनेर छोड्दिनुस् । यति समयमा भन्न सक्दिनँ तर ढिलोचाँडो सबैको चित्त बुझ्ने गरी, कोही असहमत नहुने गरी पार्टी एकता गराउँछु । वामपन्थि एकता पनि गराउँछु । म पार्टीलाई पुरानो अवस्थामा पुर्याउन लाग्छु । मेरो आत्मविश्वास के छ भने म त्यसमा सफल हुन्छु ।’
‘आज म यति बोल्न पाउँदा धेरै खुशी भाछु । मरो खुशीको केही-केही मूल्य राखिदिनुस् । तपाईंसँग सँगै बसेर आलोचना गर्ने, कहिले रिस उठाउने नगरेको झण्डै दुई वर्ष भएको थियो । तपाईं वामदेवले फेरि विरोध गर्न थाल्यो भन्ने नठान्नुस् । म तपाईंको सबैभन्दा नजिक छु । अहिले पनि तपाईं सफल हुनुपर्छ भन्ने मान्यता छ मेरो ।’ जाेडदाररूपमा गिडगिडाउँदा पनि अाेलीले बामदेबकाे बामदेबकाे माग बमाेजिम कुनै लिखित एकता गर्ने जिम्मेवारी दिनभने नचाहेकाे देखिएकाे छ ।