हिमालयन हाइड्रो एक्स्पो २०२२ आगामी चैत १८ देखि तीन दिनसम्म आयोजना हुने भएको छ। यसले नेपालको जलविद्युत र व्यापार विस्तारका लगानीकर्तासँग सहकार्यको थप अवसर उजागर गर्न राजधानीको भृकुटीमण्डपमा एक्स्पो आयोजना गरिन लागेको हो ।
एक्स्पो स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेस प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको हुन्।
एक्स्पोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडेली हाइ कमिसन कन्ट्री पार्टनर रहेको इप्पानले जनाएको छ।
भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्पारिक सहयोग र सहकार्यमा समेत सहजता आउने आयोजकले अपेक्षा गरेको छ।
उनका अनुसार तीन दिनसम्म संचालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छ। जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस्, टर्वाइन उत्पादक, लगानीकर्ता, बैक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसंग सम्वन्धित विधिव स्टल एक्स्पोमा रहनेछ। जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहनेछ।
भारत, क्यानडा, चीन लगायत ६र७ वटा देशको सहभागिता रहने उल्लेख छ। विभिन्न कम्पनीहरुले विद्युतीय सवारीसाधन, डिलर ,विदेशीसहित स्वदेशी कम्पनीका इन्डक्सन चुल्होको स्टल समेत राख्नेछन्। यसले विद्युतको आन्तरिक खपत बढाउन सहयोग हुने विश्वास लिइएको छ।
एक्स्पोको तेस्रो संस्करण आयोजना गर्न लागिएको हो। यस अघि एक्स्पो हुँदा नेपालमा लोडसेडिङ थियो। अहिले लोडसेडिङको अन्त्य भएको छ भने बर्खामा ५ सय मेगावाटसम्म विद्युत सरप्लस हुने अवस्था छ। सरप्लस भएको विद्युत निर्यात गर्ने मार्केट भारत नै भएकाले यो एक्स्पोको भूमिका महत्वपुर्ण रहने गर्गको भनाइ छ।
विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोगमा अभिवृद्धि गर्ने हेतुले नेपालकै पहिलो फर्पिङ जलविद्युत आयोजनामा एक्स्पो आयोजनास्थल भृकुटीमण्डपबाट विद्युतीय गाडीको र्याली आयोजना गर्न लागिएको छ। सो अवसरमा विद्युतीय चार्जिङ स्टेशन समेत उद्घाटन हुने बताइएको छ।
कार्यक्रम अवधिमै नेपाल – भारत पावर कन्क्लेभको आयोजना हुनेछ। यसमा नेपाल र भारतका विज्ञहरुले विद्युत उत्पादन, प्रसारण, प्रविधि र व्यापारका विषयमा बृहद छलफल गर्ने जानकारी आयोजकले दिएको छ।
काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हाइड्रोजन ऊर्जा सम्बन्धी छलफल हुने भएको छ ।