शनिबार, आश्विन १७ गते २०८३

सहयोगी बहुउद्देश्यीयले १३ प्रतिशतमै ऋण दिँदै, समयमै किस्ता बुझाउनेलाई ७ प्रतिशत छुट

आषाढ १८, २०७८ शुक्रबार
सहयोगी बहुउद्देश्यीयले १३ प्रतिशतमै ऋण दिँदै, समयमै किस्ता बुझाउनेलाई ७ प्रतिशत छुट

सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाले समयमै ऋणको साँवा ब्याज तिर्ने सदस्यलाई ब्याजमा ७ प्रतिशत छुट दिँदै आएको छ । संस्थाबाट ऋण लिएका सदस्यहरुले प्रत्येक महिनाको ७ गतेभित्र साँवाब्याज वा ब्याज मात्रै भुक्तानी गरे उक्त सुविधा प्राप्त गर्न सक्ने संस्थाका अध्यक्ष नारायणभक्त श्रेष्ठले बताए । 

संस्थाले नियमित रुपमा ऋणको ब्याज तिरुन् र केहि मात्रमा भएपनि सदस्यहरुलाई प्रोत्साहन होस् भन्ने उद्देश्यले विगत ७ वर्षअघिदेखि छुट सुविधा प्रदान गर्दै आएको उनले जनाए । संस्थाबाट ऋण लिएका र कोभिडका कारण व्यापारव्यवसाय ठप्प भई अप्ठेरोमा परेका सदस्यहरुले भने संस्थामा निवेदन दिए थप सुविधा दिन सकिने उनले बताए । संस्थाले सदस्यहरुलाई सन्दर्भ ब्याजदरले तोकेभन्दा पनि कम व्याजदरमा ऋण लगानी गर्दै आएको छ । संस्थाले ऋण लगानीमा ९ देखि १३ प्रतिशतसम्म ब्याज लिने गरेको छ । भुकम्पपीडितलाई ९ प्रतिशत ब्याजदरमा ५ वर्षका लागि १५ लाख सम्म ऋण लगानी गरेको । त्यैगरी शैक्षिक र लघुवित्तमा १० प्रतिशत, सामाजिक ऋण ११ प्रतिशत र घरजग्गा तथा व्यापारव्यवसायमा १३ प्रतिशत ब्याजमा ऋण लगानी गर्ने गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । 

संस्थामा ३५ करोड माथि तरलता कायम रहेको छ । संस्थाको शेयरपुँजी ९ करोड १२ लाख, बचत संकलन ८३ करोड ८४ लाख र ऋण लगानी ६२ करोडमाथि पुगेको छ । 

संस्थाले महामारीका बीचमा स्थानीय बासिन्दालाई सघाउ पु¥याउने उद्देश्यले संस्थाद्वारा सञ्चालित ज्येष्ठ नागरिक गृहमा आइसोलेसन सेन्टर सञ्चालन गर्न दिएको छ । संस्थाको तर्फबाट अक्सिजन र १० शैयाको गृहमा आइसोलेसन केन्द्र सञ्चालनका लागि दिएको र वडा कार्यालय र अन्य संघसंस्थाले आवश्यक स्वास्थ्यसामग्रीको व्यवस्थापन गरिरहेका छन् ।

स्थानीय लुभु सञ्जालमार्फत् वडा नं ८ लाई दुई लाख बराबरको खाद्यान्न सामग्री प्रदान गरेको र सरकारको एकद्वार प्रणाली अन्तर्गत विपन्न र आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।