सन्दर्भ व्याजदर पुनरावलोकनको माग गर्दै काभ्रेपलाञ्चोकको सहकारी अभियानले जिल्ला संघका अध्यक्ष दिलिप शर्माको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमार्फत सहकारी विभागलाई ज्ञापनपत्र पेश गरेको छ । जिल्लामा क्रियाशील विषयगत संघ, प्रदेश संघका, म्यानेजर्स क्लब समेतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
अभियन्ताहरुले वित्तीय क्षेत्रमा प्रतिस्पर्धाको चाप परिरहेको अवस्थामा राज्यको ३ खम्बे अर्थ नीतिमा समेटिएको सहकारी क्षेत्र पुँजी पलायनको मारमा परेको जनाउँदै सन्दर्भ ब्याजदर खारेजीको माग गरेको छ ।
त्यसैगरी ज्ञापनपत्रमा राष्ट्रिय सहकारी महासंघले माग गरेको सन्दर्भ ब्याजदरलाई आधार मानि माग सम्बोधन गर्न, विभागद्वारा हालै जारी ८८ बुँदे निर्देशन संशोधन गर्न, सहकारी क्षेत्रको सुरक्षा र संरक्षणको उपाय गर्न, नीति तथा कार्यक्रम र योजना बनाउँदा अभियानसँग सहकार्य गर्नुपर्ने लगायतका माग गरिएको छ ।
