सिभिल क्यापिटल मार्केट लिमिटेडले सन्ध्याकालिन सेवा पुनः सुरु गरेको छ । सेवाग्राहीको सेवा, सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी विगत २ वर्ष अघिदेखि नै सुन्धारा स्थित संस्थाको प्रधान कार्यालयबाट सन्ध्याकालिन सेवाको सुरुवात गरिसकेको थियो । विश्वव्यापि रुपमा फैलिएको कोभिड १९ का कारण केहि समय उक्त सेवा स्थगित गरिएकोमा पुनः सुचारु गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले जानकारी दिए ।
आगामी फाल्गुन १५ गतेबाट सार्वजानिक विदाको दिन बाहेक आईतबार देखि विहिबारसम्म बेलुका ४ः०० बजेदेखि साँझ ५ः३० बजेसम्म र शुक्रबार साँझ ४ः०० बजेसम्म कम्पनीका सम्पूर्ण सेवा प्रदान गरिने ढुंगलेले जानकारी दिए ।
विगत १३ बर्षदेखि ग्राहकवर्गलाई प्राथमिक शेयर निश्कासन गर्ने, आइपिओ परामर्श सेवा, निक्षेप सदस्य लगानी व्यवस्थापनको कार्य र शेयर प्रत्याभुति, संस्थागत परामर्श लगायतका पुँजीबजार सम्बन्धि सेवा दिँदै आईरहेको छ । निकट भविष्यमा सामुहिक लगानी कोष समेत शुरुवात गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत ढुंगेलले बताए ।
सिभिल क्यापिटलले प्रदान गरिरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्यको सुझाव सिभिल बैंक लि. को सातै प्रदेशमा रहेको १२० वटा शाखाहरुबाट उपलब्ध रहेको छ ।
आगामी दिन संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै डिजिटल सेवा मार्फत ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्ने समेत उनले जनाए ।