शनिबार, आश्विन १७ गते २०८३

लक्ष्मी बैंकको १४२औं शाखा कमलविनायकमा

फाल्गुण १०, २०७८ मंगलबार
लक्ष्मी बैंकको १४२औं शाखा कमलविनायकमा

लक्ष्मी बैंकले भक्तपुर नगरपालिकाको वडा न. १० कमलविनायकमा शाखा सञ्चालनमा ल्याएको छ। लक्ष्मी बैंकको यो १४२औँ शाखा हो । 

यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५ सयभन्दा बढि रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ।