होटल संघ नेपालका अध्यक्ष सृजना राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई भेटी पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुमाथि छलफल गर्दै वर्तमानको कोभिडबाट सृजित अप्ठेरो परिस्थितिमा होटल उद्योगको प्रभावकारी संचालनमा सहजिकरणको लागि आग्रह गरेकी छिन्।
नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतिको इजाजत खारेजी बारे गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउनलाई समस्या रहेको उल्लेख गरिन्।
एकातिर कोभिडको महामारीले पर्यटन व्यवसाय धरासायी भएको अवस्थामा पर्यटन व्यवसायमा देखिएका यस्ता खालका समस्याले नेपालमा पर्यटन क्षेत्रमा लगानीको वातावरण समेतमा सकारात्मकताको सञ्चार हुन सकेको देखिँदैन भन्दै अध्यक्ष राणाले मुलुकको कानुन बमोजिम हुने राजस्व तथा अन्य राज्यले प्राप्त गर्ने शुल्कहरु नियम बमोजिम हुने नै हुँदा होटल सञ्चालनको निरन्तरताका लागि माग गरिन्।
होटल याक एण्ड यति लगायत अन्य होटलहरुको सम्बन्धमा उठेका विषय र निर्णय समेतको बारेमा संघको धारणा राख्दै राज्यको कानून संगत नियम पालना गराउने मामलामा संघको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु¥याएको योगदान कदर गर्दै होटल जस्तो ठूलो लगानी भएको प्रतिष्ठानहरुले अर्थतन्त्रलाई पु¥याएको गहकिलो योगदानको कदर हुनुपर्नेमा उनको जोड थियो।