शनिबार, आश्विन १७ गते २०८३

खल्ती एपमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा

फाल्गुण ४, २०७८ बुधबार
खल्ती एपमार्फत ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा

 

निजी सवारी साधन भएका प्रयोगकर्ताहरुले अब सजिलै ब्लुबुक नवीकरण शुल्क तिर्न सक्ने भएका छन् । अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ने सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने सुविधा ल्याएको हो । 

हालका लागि अहिले बागमती प्रदेशका खल्ती एप प्रयोगकर्ताहरुले मात्र यो सेवा पाउनेछन् । भविष्यमा दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको छ। 

 प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम ९भीआरएस० मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचनाको वेबसाइट मार्फत गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ । 

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको “ब्लुबुक रिन्यु“ मा नवीकरणमा ट्याप गरी आवश्यक विवरणहरू भरेर रकम भुक्तानी गर्न सक्नेछन् । 

भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्ती एपमा प्राप्त हुनेछ भने भी आर एस द्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्ती एपमा नै प्राप्त गर्न सक्नेछन् । थप प्रक्रियाको लागि प्रयोगकर्ताले ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नुपर्ने हुन्छ ।