महालक्ष्मी बचत बृद्घि खाता सार्वजनिक गरेको छ । ५१ रुपैया मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्घि खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस योजना अन्तगर्त खाता खोल्ने ग्राहकको पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । ग्राहकले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
बैंकका १०३ वटै शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।