त्रिभुवन विमानस्थलमा प्रवेश गर्न प्रिन्टेड टिकट अनिवार्य नगरिएको विमानस्थल अधिकारीले जानकारी गराएका छन् । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला टिकट मोबाइलमै देखाए पनि हुने बताएका हुन्।
उनले टिकट प्रिन्ट गरेरै ल्याउनुपर्ने अनिवार्य नियम नभएको बताएका छन्। टिकट प्रिन्ट नै गरेर ल्याउन नभनेको तर अहिले अधिकांश यात्रुसँग स्मार्टफोन हुने भएकाले मोबाइलमै टिकट देखाए पनि उनले प्रष्टाए ।
वायुसेवा कम्पनीहरुले दिने पीएनआर नम्बरको आधारमा यात्रुहरुले विमानस्थलमा प्रवेश गर्दै आएका थिए । पीएनआरका आधारमा मात्रै प्रवेश दिइँदा अनधिकृत व्यक्तिहरू विमानस्थलमा प्रवेश गरेको भन्ने गुनासो आएपछि हामीले त्यसका आधारमा मात्रै प्रवेश दिन रोक लगाउनुपरेको जनाइएको छ ।
मङ्गलवार बाटै नयाँ व्यवस्था कार्यान्वयनमा आएको विमानस्थल प्रशासनले जनाएको छ। हवाई यात्रुले अबदेखि प्रिन्टेड वा डिजिटल टिकट मध्ये एउटा देखाएर मात्रै विमानस्थलमा प्रवेश पाउनेछन् ।