शनिबार, आश्विन १७ गते २०८३

सांसद शाहको सहयोगमा शिवराज–१ चोरखोलाबासीले पाए स्वच्छ पिउने पानी

फाल्गुण १, २०७८ आइतबार
सांसद शाहको सहयोगमा शिवराज–१ चोरखोलाबासीले पाए स्वच्छ पिउने पानी

शहबाज खान, कपिलवस्तु

जनतालाई आवश्यक सेवासुविधा सहज तरिकाले उपलब्ध गराउनको लागि गाउँगाउँमा नै सिंहदरबार आएको भनिए पनि कपिलवस्तुको शिवराज नगरपालिका वड़ा १ चोरखोलावासीहरु पिउने पानीजस्तो आधारभूत सेवा सुविधा बाट बञ्चित रहेका छन् । पिउने पानी मात्र हैन उनीहरू सुचारू विद्युत तथा टेलिफोन सेवा नपाउँदा कष्टकर जीवन‌यापन गर्न बाध्य छन्।

अब भने चोरखोलावासीहरुको पिउने पानीको समस्याबाट केहि राहत पाउने भएका छन् । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले व्यक्तिगत लगानीमा चोरखोलाका नागरिकहरूका लागि पिउने पानीको व्यवस्था गर्न लागेका हुन् । 

लामो समय देखि दूषित पानी पिउन बाध्य रहेका नागरिकहरूलाई सांसद शाहले आफूले पाउने तलब बापतको रकमले खानेपानीको व्यवस्थापन गरेको बताए । शिवराज नगरपालिका वडा नं १ मा पर्ने चोर खोलामा विद्युत् र टेलिफोन टावर लगायत अन्य समस्याहरू रहेकोले ती समस्यालाई समाधान गर्न आफूले पहल गर्ने शाहको भनाई छ ।

केही दिन अघि सांसद शाहले चोरखोला पुगेर स्थलगत अवलोकन गरेका थिए । अब चोर खोला गाउँका ३६ घर परिवारले अब शुद्ध पानी पाउने भएका हुन् । खानेपानीको उद्घाटन भने केहि दिनमा हुने जनाइएको छ । 

FB_IMG_1644672300296.jpg