शुक्रबार, कार्तिक ७ गते २०८३

काठमाण्डौमा सहकारी क्षेत्रका समसामयिक विषयमा अन्तर्क्रिया हुँदै

माघ २८, २०७८ शुक्रबार
काठमाण्डौमा सहकारी क्षेत्रका समसामयिक विषयमा अन्तर्क्रिया हुँदै

 

जिल्ला सहकारी संघ काठमाडौँले सहकारी क्षेत्रका समसामयिक विषयमाथि बृहत् छलफल गर्ने भएको छ ।

संघको आयोजनामा फागुन २ गते हुने अन्तर्क्रिया कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारी, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, सहकारी बैंकका अध्यक्ष के बी उप्रेती र नेफ्स्कुनका अध्यक्ष परितोष पौडेल लगायतका अभियन्ताहरुको सहभागिता रहने संघका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । सहकारी क्षेत्रका समसामयिक विषयहरुलाई समेटेर राज्य र अभियानकाबीच छलफल गरी निकास निकाल्ने उद्देश्यले कार्यक्रम  आयोजना गरिएको उनले जानकारी दिए ।

संघका सचिव एवं प्रवक्ता बालकुमार बास्तोलाले सहकारीमा लगानीयोग्य तरलताको अवस्था, सन्दर्भ ब्याजदर, सहकारी विभागबाट जारी हुनै लागेको निर्देशन, सहकारी ऐनले व्यवस्था गरेका कर्जा सूचना केन्द्र, कालो सूची, कर्जा असुली न्यायाधिकरण, प्रवर्द्धन कोष, स्थिरीकरण कोष, मालपोतमा दृष्टिबन्धक दस्तुर लगायत समसामयिक विषयमा राज्य र अभियानबीच अन्तक्र्रिया हुने बताए । 

सहकारी अभियानका सबै निकायहरुलाई सहभागि गराए सहकारी क्षेत्रका वर्तमान समस्या र ऐननियम कार्यान्वयनका सन्दर्भमा  बारेमा हुन लागेको अन्तर्क्रिया कार्यक्रमले समस्या समाधानका लागि सघाउ पुग्ने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा सहभागि हुन सहकारी संघसंस्थाका प्रतिनिधिहरुलाई उनले आह्वान गरेका छन् ।