आज चीनका राष्ट्रपति शी जिनपिङ्गले एक चेतावनी दिँदै "विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने" कडा चेतावनी दीएका छन्।
चिनीयाँ कम्युनिष्ट पार्टी स्थापनाकाे १०० बर्ष पुगेकाे अबसरमा बिहीवार सआयोजित एक भब्य समारोहलाई सम्बोधन गर्दै बेइजिङले "आफू मात्रै असल भनेर अरूलाई दिने उपदेश"लाई नसहने पनि प्रष्टसँग बताएका छन्।याे उनको टिप्पणी अमेरिकालाई लक्षित गरिएको मानिएको छ।
चीनकाे अभिन्न अंग हङ्गकङ्गमा भइरहेको भनिएकाे कथित मानवअधिकार उलङ्घन र दमनका घटनाहरूलाई लिएर चीनको आलोचना भइरहेको समयमा शीबाट यस्ताे कडा टिप्पणी आएको हो।
हालैका दिनहरूमा व्यापार, गुप्तचर क्रियाकलाप र कोरोनाभाइरस महामारीका विषयमा अमेरिका र चीनको सम्बन्ध खराब देखिँदै आएको देखिएकाे छ।
त्यसरी नै ताइवानकाे मुद्दा पनि दुई देशबीचको तनावको प्रमुख कारण रहेकाे छ ।
लामाे समयदेखि ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्ने गर्छ भने चीनले उक्त टापुलाई आफूबाट अलग भएर गएको प्रान्त मान्दछ।

उता अमेरिकी कानुन अनुसार ताइवानलाई बेइजिङले बल प्रयोग गरेर आफूमा विलय गर्न खोजेमा उस्लाई आफ्नो बचाउ गर्न सक्ने सहयोग प्रदान गर्न आवश्यक ठान्दछ।
बिहीवार राष्ट्रपति शीले ताइवानसँगको एकताका निम्ति चीनको "अविचलित प्रतिबद्धता" रहेको प्रष्ट पारेका छन् ।
चिनीयाँ कम्युनिष्ट पार्टीकाे शत बार्षिकी समारोह मनाउने क्रममा बिहीबार विहान सैनिक जेट विमानहरूले "फ्लाइ पास्ट" गरेका थिए भने तोपको सलामीका साथै देशभक्तिपूर्ण गीतहरू बजाइएको थियो।
समाराेहमा बेइजिङ्गकाे तियानआनमेन चोकमा केही सावधानीपूर्वक छनौट गरेर निम्ता गरिएका मानिसहरूको समूह उपस्थित थियो जसमध्ये धेरैले मास्क लगाएका थिएनन्।