शुक्रबार, कार्तिक ७ गते २०८३

मनास्लु साकोस र सुप्रिम डेण्टल केयरबीच सम्झौता, सदस्यहरुलाई दन्त सेवा छुट

माघ २७, २०७८ बिहीबार
मनास्लु साकोस र सुप्रिम डेण्टल केयरबीच सम्झौता, सदस्यहरुलाई दन्त सेवा छुट

 

मनास्लु बचत तथा ऋण सहकारी संस्था र सुप्रिम डेण्टल केयरबीच सम्झौता भएको छ । मनास्लु साकोसका अध्यक्ष अजय हुमागाईं र डेण्टल केयरका व्यवस्थापक भिम बञ्जाराले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार मनास्लु साकोसका सदस्यलाई सुप्रिम डेण्टल केयरमा दन्त सेवामा २० प्रतिशत, दन्त विशेषज्ञ सेवामा १० प्रतिशत, औषधी खरिदमा १० प्रतिशत छुट दिइने उल्लेख छ । 

त्यसैगरी संस्थाका कर्मचारी, संचालक समिति, शेयर सदस्यहरु, फरक क्षमता भएकाहरु र जेष्ठ नागरिक सदस्यलाई निःशुल्क परिक्षण सेवा उपलब्ध गराइने छ । बाल बचतकर्ताहरुको शनिवार निःशुल्क दन्त परिक्षण गरिनेछ भने उपचारमा २५ प्रतिशत छुट दिइने छ । छुट सुविधा प्राप्त गर्नका लागि संस्थामा आवद्ध भएको प्रमाण खुल्ने परिचय पत्र पेश गर्नुपर्ने सुप्रिम डेण्टल केयर प्रालिका व्यवस्थापक भिम बञ्जाराले जानकारी दिए । 

मनास्लु साकोसले यसअघि पनि शेयर सदस्य लक्षित विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गरेको थियो । संस्थाले कोरोना महामारीका बेला मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको थियो । यस्तै फोहोरमैला व्यवस्थापन लगायतका विभिन्न सामाजिक कार्य समेत संस्थाले गर्दै आएको अध्यक्ष हुमागाईंले जानकारी दिए ।