मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाले थप दुई सेवाकेन्द्रमा भेगिय उपसमिति गठन गरेको छ । संस्थाले आज चाबहिल र जोरपाटी सेवा केन्द्रमा भेगीय उपसमिति गठन गरेको हो ।
चाबहिल सेवाकेन्द्रको भेगिय उपसिमितिको संयोजकमा राजकुमार श्रेष्ठ र सदस्यहरुमा राजेश खड्गी, विजेन्द्र कुमार राजभण्डारी, सरोज श्रेष्ठ र श्यामकृष्ण श्रेष्ठ रहेका छन् । त्यसैगरी जोरपाटी सेवाकेन्दको भेगिय उपसमिति संयोजकमा रमेशकुमार विश्वकर्मा र सदस्यहरुमा विजयराज राजभण्डारी, विश्वमणि रेग्मी र राजकुमार दंगाल रहेका छन् ।
संस्थाका सञ्चालक समिति सदस्य एवं शिक्षा उपसमिति तथा कार्यक्रम संयोजक शेखर बस्नेतले आज थप २ वटा सेवाकेन्द्रमा उपसमिति गठन गरिएको बताए ।
सेवाकेन्द्रहरुलाई अझ व्यवस्थित गरी कारोबारलाई वृद्धि गर्दै लैजान उपसमिहिरुले सघाउने उनले जानकारी दिए । स्थानीय स्तरकै व्यक्तिहरु उपसमितिमा रहेकाले संस्थाको छविलाई समुदायमा उजागर गर्न मद्दत मिल्ने उनको भनाई छ । सार्थै सदस्य विस्तार एवं संस्थाको हरेक गतिविधिलाई चुस्तदुरुस्त र पारदर्शी बनाइ अगाडि बढाउन पनि यसले भूमिका खेल्ने आशा गरिएको छ ।
समिति गठन कार्यक्रममा संस्थाका अध्यक्ष महाशंकर रेग्मी, प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद गेलाल तथा सञ्चालक समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थाले मुख्य कार्यालय बालाजुसहित कालिमाटी, न्यूरोड, चाबहिल, जोरपाटी र थानकोट सेवाकेन्द्रमार्फत १२ हजार भन्दा बढि सदस्यलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।