इमर्जिङ नेपाल लिमिटेडले आजबाट सर्वसाधारणका लागि आजबाआट साधारण सेयर बिक्रीमा राखेको छ। कम्पनीको सेयरमा फागुन १ गतेसम्म आवेदन दिन सकिन्छ।
कम्पनीले १०० रूपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर निष्काशन गर्न लागेको हो। यसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्त सेयर कर्मचारीलाई आरक्षित गरिएको छ।
अर्को ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरूलाई आरक्षण गरिएको छ। बाँकी रहने ५ लाख १६ हजार ७०८ कित्तामा सर्बसाधारणले दाबी गर्न पाउँछन्। कम्पनीको सेयरमा कम्तिमा १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ।