नेपाल इन्भेष्टमेन्ट बैंकले “गज्जब ६ मुद्दती खाता” सञ्चालनमा ल्याएको छ । बैंकले ३६ औं वार्षिकोत्सव पारेर अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो ।
न्यूनतम १० हजार रुपैयामा खोल्न सकिने यो मुद्दती खामा निक्षेप रकम २० वर्षमा ६ गुणा हुने बैंकले जनाएको छ । यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्नेछन् भने निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यस खातमा रहेको सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
बैंकले भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोेपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुने विश्वास गरेको छ ।
इन्भेष्टमेन्ट बैंकले ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।