शनिबार, आश्विन १७ गते २०८३

कृष्णानगर नगरपालिका महिनौंदेखि एकाउंटेंटबिहीन, कामकाज ठप्प, सेवाग्राहीलाई सास्ती किन ?

माघ २२, २०७८ शनिबार
कृष्णानगर नगरपालिका महिनौंदेखि एकाउंटेंटबिहीन, कामकाज ठप्प, सेवाग्राहीलाई सास्ती किन ?
 
शहबाज खान/कपिलवस्तु कपिलवस्तुको‌ कृष्णनगर‌ नगरपालिका कर्मचारी विहीन तथा अव्यवस्थित रहेकोले सेवाग्राही लाई निकै समस्या परिरहेको छ। कृष्णनगर नगरपालिकामा कर्मचारीको अभावको कारणले आम जनताको काम काजमा बाधा परिरहेको छ। महिनौंदेखि लेखापाल (एकाउंटेंट) नरहेकोले नगरपालिका भित्रको सबै आर्थिक कारोबार ठप्प रहेको उक्त नगरपालिकाका कर्मचारी बताउदैछन। कृष्णनगर नगरपालिकामा प्रशासकीय अधिकृत तथा लेखापाल (एकाउंटेंट)को पदपूर्ति कहिले पनि हुन सकेको छैन। प्रशासकीय अधिकृत तथा लेखापाल आउदै तीन चार महिना काम गरि भाग्ने काम लगातार भइरहेको छ। जब कि नगरपालिका भित्र प्रशासकीय अधिकृत तथा लेखापाल नहुदा अधिकांश कारोबार ठप्प हुदैछ यी दुई कर्मचारीको आवत जावतले गर्दा सर्वसाधारण जनता तथा नगरपालिका का अन्य कार्यक्रमहरु समेत प्रभावित हुदै गरेको र पाँच वर्षको कार्यकालमा लगभग ६-७ जना लेखापाल आएर गइसकेका छन जो पनि आउछ तीन चार महिना काममा यो नगरपालिका बाट भाग्छन यहाँ बस्न लागि कोई तैयार‌ नहुने गरेको एक जना नगरपालिका कै कर्मचारीले बताए ।
यहाँ कर्मचारीहरु स्वतन्त्र भइ नीति नियमले सेवा प्रवाह गर्न जनताको हकहित तथा निष्पक्ष काम गर्न नपाएकोले प्रशासकीय अधिकृत तथा लेखापाल (एकाउंटेंट) हरु काम गर्न बस्न चाहदैनब्न् । नगरपालिकाका मुख्य मुख्य कर्मचारी नहुदा अधिकांश ‌कामकाज ठप्प भएर नगरपालिका अव्यवस्थित ‌‌‌बनेको छ । महिनौदेखि लेखापाल नहुदा पनि नगरपालिका भित्रका उपभोक्ता समितिहरुले समयमा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेका छन तर उपभोक्ता समितिले पाउनु पर्ने भुक्तानी अझैसम्म नपाएर दिनहु नगरपालिकाको कार्यलय धाउदैछन। कृष्णनगर नगरपालिकामा प्रशासकीय अधिकृत तथा लेखापाल किन नियमित कार्य सम्पादनमा रहँदैनन् ? नगरपालिका भित्रका अधिकांश कर्मचारीहरू नगरपालिका भित्र भइरहेको कामकाजको यस्ताे गैर जिम्मेवार शैलीप्रति रुष्ठ छन किन ? जनप्रतिनिधि तथा पंचायत कालदेखि रहेका पुराना‌ कर्मचारीहरुले अनियमितता र मनमानी गराउन खोज्नु मूख्य कारण त होइन ? प्रश्न उठेकाे छ ।