शुक्रबार, कार्तिक ७ गते २०८३

दुई सहकारीबीच एकिकरण,एकिकरण पछि गण्डकी साकोस नामकरण

माघ २०, २०७८ बिहीबार
दुई सहकारीबीच एकिकरण,एकिकरण पछि गण्डकी साकोस नामकरण


गैंडाकोट स्वाभिमान साकोस र संगम अविरत साकोस बिच एकिकरण भई गण्डकी साकोस नामाकरण भएको छ । गैंडाकोट स्वाभिमान साकोसका अध्यक्ष  पोषणराज सुबेदीको अध्यक्षता, गैंडाकोट नगरपालिकाका नगरप्रमुख  छत्रराज पौडेलको प्रमुख आतिथ्यता , गैंडाकोट नगरपालिका शहकारी शाखा प्रमुख  देबेन्द्र गौतम एवं एस्डीआरसिका अध्यक्ष जनकलाल तिवारीको बिशिष्ठ आतिथ्यतामा  एकिकरण सभा सम्पन भएको हो ।

  संगम अबिरत साकोसका अध्यक्ष केदारनाथ न्यौपाने द्धारा स्वागत तथा प्रमुख अतिथि ,अतिथि र एकिकरण कार्यदलका  सयोजक लगायतका वक्ताहरुले एकिकरण्ांबाट संस्था झन बलियो हुने  बताए । कार्यक्रमका अध्यक्ष  पोषणराज सुबेदीले एकिररण पश्चात सदस्यहरुलाई अझै गुणस्तरिय र बिस्तारित सेवा प्रदान गर्न प्रतिबद्धता ब्यक्त  गरे । एकिकरण प्रकृयामा सक्रिय भुमिका निर्वाह गर्ने दुवै संस्थाका संचालक , एकिकरण कार्यदल, पुर्व अध्यक्षहरु, प्रमुख ब्यबस्थापक लगायत व्यवस्थापन समुह, सबै उप समिति र सम्पुर्ण सदस्यहरुलाई  धन्यबाद ज्ञापन गरे ।  

१ अर्व ३६ करोड सम्पती भएको गैंडाकोट  स्वाभिमान साकोस र ३८ करोड सम्पती भएको संगम अबिरत साकोसको एकिकरण पश्चात दर्ता नं,स्थाई लेखा नं, बिनियम, मुख्य कार्यालय, निति कार्यबिधि लगायतका ब्यबस्था साबिक गैंडाकोट स्वाभिमान साकोसको  नै कायम गरिने भएको छ । हालै सम्पन्न भएको संयुक्त साधारण सभा एवं एकिकरण घोषणा सभाबाट  पोषणराज सुबेदीको अध्यक्षतामा १७ सदस्य संचालक समिति र गोबिन्द  सुबेदीको संयोजकत्वमा ३ सदस्य लेखा तथा सुपरिबेक्षण समितिको गठन समेत भएको छ । 

एकिकरण पश्चात संस्थाको कुल सम्पती १ अर्व ७४ करोड पुगेको छ । त्यसैगरी  १६ हजार सदस्य, १८ करोड १२ लाख सेयर पुँजी, १ अर्व ३३ करोड कुल बचत, १ अर्व ४१ करोड ऋण लगानी र  १० करोड ९२ लाख संस्थागत पुँँजी पुगेको छ । एकिकरण पश्चात ३८ जना कर्मचारी र ७ वटा सेवाकेन्द्र पुगेको संस्थाले जनाएको छ । 

sahakari 1.jpg