नेपाल राष्ट्र बैंकले सात लाख रुपैयाँभन्दा माथिको नगद कारोबार गर्ने ग्राहकको जानकारी बैंकहरुसँग माग गरेको छ। चालु आ.ब.को साउनदेखि पौष मसान्तसम्म सात लाखभन्दा बढि कारोवार गर्ने ग्राहकको जानकारी राष्ट्र बैंकमा पठाउन भनेको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाबाट दैनिक १० लाखदेखि माथि नगद झिक्न पाइँदैन। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग अन्तर्गतको सम्पति शुद्धिकरण अनुगमन इकाइले सबै बाणिज्य बैंकका प्रमुख कार्यकारीहरुलाई पत्र लेख्दै माघ २४ गतेभित्र प्रति कारोबार सात लाख र त्योभन्दा बढिको नगद कारोबारको विवरण बुझाउन भनेको हो।
पछिल्ला दिन नगदसहित मान्छे पक्राउ पर्ने, नगदको शंकास्पद कारोबार बढ्नुका साथै हुन्डी, क्रिप्टोको आन्तरिक भुक्तानी लगायतमा पनि नगद प्रयोग बढेको लगायतका कुराको आधारमा राष्ट्र बैंकले अनुगमन बढाएको हो।
