शुक्रबार, कार्तिक ७ गते २०८३

नेशनल लाइफ इन्स्योरेन्सद्धारा २० प्रतिशत लाभांश घोषणा

माघ १३, २०७८ बिहीबार
नेशनल लाइफ इन्स्योरेन्सद्धारा २० प्रतिशत लाभांश घोषणा


नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रहेको छ ।