सनराइज बैंक धनकुटाको करदाता सेवा कार्यालयको प्राङ्गणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।
सो विस्तारित काउन्टर उद्घाटन धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापाले गरेका थिए । कार्यक्रममा सनराइज बैंकका १ नं. प्रदेश प्रमुख विवेक कुमार निरौला तथा सनराइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरु तथा केही स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थिति थियो ।
हालसम्म बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।