शनिबार, आश्विन १७ गते २०८३

नौ सिमेन्ट कम्पनी विरुद्ध अख्तियारमा मुद्दा

माघ १२, २०७८ बुधबार
नौ सिमेन्ट कम्पनी विरुद्ध  अख्तियारमा मुद्दा

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ सिमेन्ट उद्योगका संचालक सहित सरकारी कर्मचारीलाइ  भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारलेआज विशेष अदालतमा एक अर्ब २६ करोड १९ लाख ४८ हजार भ्रष्टाचार गरेको अभियोगमा मुद्दा हालेको हो।

भ्रष्टाचार मुद्दामा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारको सिद्धार्थ मिनरल्स प्रालिले ४९ करोड ४५ लाख रुपैयाँको अभियोग लगाइएको छ।

सर्वोत्तम सिमेन्टका विष्णुप्रसाद न्यौपाने, मारुती सिमेन्टका शरद गोयल, अन्नपुर्ण क्वेरिज प्रालिका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेक प्रालिका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्टका नरेश दुगड, सोनापुर मिनरल्स एण्ड आइलका निपेश तायल, कञ्चन क्वेरिज प्रालिका भीमबहादुर थापा क्षेत्री र डोलोमाइट चुनढुङ्गा उद्योगका मानबहादुर श्रेष्ठलाई मुद्दा हालिएको छ।


आयोगबाट अनुसन्धान हुँदा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले आफ्नै नेतृत्वमा गठित समितिले दिएको प्रतिवेदन अनुसार लिनुपर्ने क्षतिपूर्ति  नभराई घिमिरेको नेतृत्वमा बदनियतपूर्वक दोश्रो समिति गठन गरी सरकारलाई राजस्व हानी नोक्सानी पुर्‍याएको छानविनमा देखिएको थियो। उनले निजी उद्योगरकम्पनीहरुलाई फाइदा पुग्ने गरी दोश्रो समितिले तयार गरेको गलत प्रतिवेदनले सिफारिसका आधारमा कम जरीवाना गरेको अख्तियार छानविनमा देखिएको छ। 

ciment.webp