हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७४ करोड ३४ लाख खुद नाफा गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले १३.८० प्रतिशतले खुद नाफा बढाएको छ ।
गत वर्षको सोही अवधिमा ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा पनि बढेर १ अर्ब माथि रहेको छ भने वितरण योग्य नाफा २४ करोड ५१ लाख रुपैयाँ छ ।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ छ । जगेडा कोषमा ७ अर्ब ३९ करोड रुपैयाँ छ । जुन अघिल्लो वर्ष ९ अर्ब ४४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७.३७ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब रुपैयाँ र कर्जा लगानी १९.५४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले निष्कृय कर्जा भने घटाउन सफल भएको छ । गत वर्ष २.१३ प्रतिशत रहेको एनपीएल अहिले घटेर ०.७२ रुपैयाँमा सीमित भएकाे छ ।