शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव, स्मार्ट क्यूआर टेलर शुरु

माघ ११, २०७८ मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव, स्मार्ट क्यूआर टेलर शुरु


अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोहको प्रमुख अतिथि शर्माले वित्तीय व्यवस्थापन आफैंमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायिक रुपमा अगाडि बढिरहेको उल्लेख गरे । बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले ग्राहकको आकांक्षा बमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा युएसएसमडी मोवाइल बैंकिङ्गको डिस्प्लेमार्फत सेवा शुभारम्भ गुर्दै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहँचको विस्तार हुने उनले बताए । बैंकले अब सिमित कारोबारको लागि शाखामा जान नपर्ने गरी बैंकको मोवाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवाको शुभारम्भ गरेको छ । 
कार्यक्रममा भर्चुअल माध्यमबाट मन्तब्य राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भईरहनुपर्ने बताए । बैंक तथा वित्तीय संस्थाले तल्लोवर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न उनको आग्रह थियो । 
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराउनु हुँदै बैंकले डिजिटल सेवालाई जोड दिईरहेको जनाए । 

२०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पु¥याउने उद्धेश्यका साथ स्थापना भएको यो वैंक देशको सातैवटा प्रदेशमा ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैंक हो । हाल देशभर बैंकका २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा रहेका छन् । कार्यक्रममा कर्मचारी सम्मान कार्यक्रम, बैंकका २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक घोषणा गरिएको थियो ।