शनिबार, आश्विन १७ गते २०८३

आन्दोलनको बलमा बिद्यार्थीहरुका माग पूरा हुने अपेक्षा

माघ ११, २०७८ मंगलबार
आन्दोलनको बलमा बिद्यार्थीहरुका माग पूरा हुने अपेक्षा

आठ बिद्यार्थी संगठनको संयुक्त आन्दोनलका कारण काठमाण्डौ बिश्वा बिद्यालयले उनीहरुका जायज माग पूरा गर्ने प्रतिबद्धता जनाएको अखिल नेपाल बिद्यार्थी यूनियनका संयोजक मनिष भटराइले जानकारी गारएका छन् । भटराईका अनुसार आन्दोलनरत बिद्यार्थी संगठनका प्रतिनिधिहरु र काठमाण्डौ बिश्वबिद्यालका बीच बार्ता सम्पन्न भएको छ र आजससम्ममा बिश्व बिद्यालयले माग पूरा गर्ने र समस्या समाधान हुने अपेक्षा बिद्यार्थी नेताहरुले लिएका छन् । कुनै अन्यथा भएमा उनीहरु पुन: संघर्षमा उत्रिन बाध्य हुने स्थिति खडा हुनेछ ।

Bidyarthi.jpg

बिद्यार्थीहरु शैक्षिक क्षेत्रको चौतर्फी अस्तब्यस्ता र खाशगरी चिकित्सा शिक्षा क्षेत्रमा चलाइएको माफियागिरी र लूटतन्त्रको बिरुद्ध संघर्षरत रहँदै आएका हुन् । पछिल्लो पटक उनीहरु चिकित्सा क्षेत्रमा भइरहेको बेइमानी र मनपरीतन्त्रले हद नाघ्दै गएको स्थितिमा संयुक्त ज्ञापन पत्र दिएर आन्दोलनमा उत्रिएका थिए । 

bidyarthi3.jpg