बुधबार, भाद्र ३ गते २०८३

राष्ट्र बैंकले रोक्यो एनआईसी एशिया बैंकको लाभांश, यस्तो छ कारण

माघ १०, २०७८ सोमबार
राष्ट्र बैंकले रोक्यो एनआईसी एशिया बैंकको लाभांश, यस्तो छ कारण


नेपाल राष्ट्र बैंकले एनआइसी एसिया बैंकले घोषणा गरेको लाभांश वितरण गर्न रोक्क लगाएको छ। बैंकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। राष्ट्र बैंकले नियम मिचेर लाभांश घोषणा गरेको भन्दै एनआइसी एसियालाई वार्षिक साधारणसभा गर्ने स्वीकृति दिएको थिएन। 

राष्ट्र बैंकले पुँजी कोष अनुपात नपुर्‍याएको भनेर लाभांश वितरण गर्न रोक लगाएको हो । एनआइसी एसियाले  ऋण लगानीमा तीव्रता दिँदा पुँजी कोष साढे ८ प्रतिशत कायम गर्न सकेन।  राष्ट्र बैंकले  साढे ८ प्रतिशत प्राथमिक पुँजी पुर्‍याउनु पर्ने पुरानै नियम भएको र त्यो हुँदाहुँदै पनि लाभांश घोषणा गरेको भन्दै त्यसलाई सच्याएर ल्याउन भनेको थियो । 

एनआइसी एसियाले पुँजीकोष ८.१ प्रतिशत मात्र कायम गरेको छ। उसले पुँजीको क्षमताभन्दा बढी ऋण बिस्तार गरेका कारण प्राथमिक पुँजी कोष साढे ८ प्रतिशत नपुगेको हो। बैंकले पछिल्लो दुई वर्षमा ऋण बिस्तार तीव्ररूपमा गरेको छ।  

 

nic-asia-645x768.jpg