शनिबार, आश्विन १७ गते २०८३

सनराइज बैंककाे थप दुइ स्थानमा शाखारहित बैंकिङ सेवा

माघ १०, २०७८ सोमबार
सनराइज बैंककाे थप दुइ स्थानमा शाखारहित बैंकिङ सेवा

 

सनराइज बैंकले थप दुई स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४ औं र प्रदेश १, ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा ८५ औं शाखारहित बंैकिङ्ग सेवा शुभारम्भ गरेको छ । ती सहित देशभर बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी फुलासीका बसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।