शनिबार, आश्विन १७ गते २०८३

आगो भएन के भो झिल्को बनेर बाँचौं !

माघ ९, २०७८ आइतबार
आगो भएन के भो झिल्को बनेर बाँचौं !

bundarana.jpg

बूँद राना

 

आगो भएन के भो झिल्को बनेर बाँचौं !

चीसो त हुन्छ मुर्दा ज्यूँदो बनेर बाँचौं !

 

           खाल्डा धराप जस्ता छन् पुर्नलाई बाँकी!

           सम्झेर कर्म धूलो माटो बनेर बाँचौं !

 

छाती छिया बनाई निर्धक्क छन् गडेका !

काँडा छ झिक्नु पर्ने तीखो बनेर बाँचौं !

 

           बाटो बिराउनाले मान्छे हराउँदै छन् !

           गन्तव्यसम्म लाने बाटो बनेर बाँचौं !

 

चाहिन्न स्वर्ग अर्को आनन्द प्राप्ति निम्ति !

बाँचौं सधैं सबैको खाँचो बनेर बाँचौं !

 

           आँसू झरेर भैंमा भन्दैछ बूँदलाई

           माहौल नै तताई तातो बनेर बाँचौं !