बुधबार, भाद्र ३ गते २०८३

फरक यस्तो रहेछ दश अर्बको लगानी !

माघ ९, २०७८ आइतबार
फरक यस्तो रहेछ दश अर्बको लगानी !
apsharma.jpg
ए.पी.शर्मा
(बुद्दीमान को हो ? )
 
१. नासा, क्यानेडियन तथा युरोपियन अनुसन्धान संस्थाहरू समेत मिलेर करिब बीस वर्षको कठिन मिहिनेतबाट जेम्स वेब स्पेस टेलिस्कोप (JWST) निर्माण गरिएको थियो। जसको ऐनाहरु चौबीस क्यारेटको सुनबाट (gold coated) निर्माण गरिएको छ ।
 
२. यसलाई केही हप्ता अगाडि मात्र (25 Dec 2021) प्रक्षेपण गरिएको छ । करिब एक महिना भित्र करिब १५ लाख किलोमीटर (1.5 millions Km) टाढा पुगी (जस्तै: L2, L3 L4,and L5 points भनिन्छ), सूर्यबाट छेकिदै वा छेकिनको लागि पृथ्वीको छायाँ मुनि_ मुनि रहेर सूर्य कै परिक्रमा गर्दै, L2 बिन्दुबाट (Gravitationally stable point in space) थप शक्ति प्राप्त (Bust energy) गर्दै, बल्ल यसले आफ्नो काम सुरु गर्ने छ, करिब पाँच महिना पछि, आगामी दश वर्ष सम्म, तर माइनस २२३ डिग्री मा। १० वर्ष भन्दा बढी समयको लागि धेरै फ्युल भर्न सम्भव भएन, हालको लागि भनेर भनौं।
 
३. यसले आज भन्दा करिब १३.८ (13.8 billions) बिलियन वर्ष पहिला के के भएको थियो भनेर हजारौं हजार नयाँ रहस्यहरु तथा जानकारीहरु बटुल्ने छ। त्यो समयमा बिग व्याङ (Big Bang) भएको थियो भने, ०.७ बिलियन (0.7 billions after) वर्ष पछि मात्र युनिभर्सको सुरुवात भएको हो । यसले (JWST) ०.३ (अर्थात् १३.५ अगाडि सम्म) बिलियन वर्ष पछिको प्रसव अवस्थाको अवलोकन गर्न सक्ने छ, जुन समयमा भर्खरै ताराहरुको उत्पत्ति (जन्म हुँदै गरेको अवस्था भनेर भन्नुहोस) हुन सुरु भएको थियो ।
 
४. पृथ्वीमा बसेर अन्तरिक्ष सम्बन्धी रचिएका वैज्ञानिकहरुका सयौ प्रकारका सिदान्त,विचार,आदर्श, हजारौं अनुमानहरु तथा बिश्वका दशौं हजार मिथहरुलाई (किबदन्ती तथा दन्ते कथाहरुमा आउने घटनाहरू आदि) निराकरण गर्ने छ भन्ने आशा गरिएको छ ।
 
जस्तै:
(क) पृथ्वी जस्तै अन्य ग्रहहरू पनि विद्यमान छन् वा छैनन ?
(ख) एलियन संग सम्बन्धित विभिन्न मिथकहरू समेत ।
(ग) १४२८ प्रकाश वर्ष टाढा रहेको ट्याब स्टार (Tabby's star) को ओरिपरी एलियनहरुले (हामी भन्दा हजारौं गुणा उन्नत सभ्यता) डाईशन स्फेयर ( Dyson Sphere) निर्माण गरी, त्यसको इनर्जी तानिरहेका (आफ्नो प्रयोजनको निम्ति प्रयोग) छन् वा छैनन जस्ता कुराहरूको पनि रहस्य खोल्ने छ शायद ।
 
डाईशन् स्फेयर भनेको सुगालाई पिंजडामा राखेर प्रयोग गर्नु जस्तै हो, एउटा सूर्यलाई ओरीपरीबाट घेरेर, त्यसको इनर्जीलाई आफू खुसी प्रयोग गर्नको लागि निर्माण गरिएको एउटा पिंजडा जस्तै हो। धेरै सिदान्त मध्य, यो नै उन्नत सिद्दान्त हो हाम्रो लागि । हाम्रो लागि सिदान्त, तर एलियनहरुले प्रयोग गरिरहका हुनु पर्छ भन्ने विश्वास रहेको छ पृथिबीमा।
 
५. हाम्रो सम्पुर्ण ब्रह्माण्डको जन्म दिनको समयको प्रसव अवस्था अवलोकन गर्ने छ भन्ने आशा गरिएको छ । निचोडमा भन्नु पर्दा:
(A) यो एउटा टाइम ट्राभल (Time Travel) को दोस्रो अभियान हो । पहिलो हबल टेलिस्कोप छोडिएको थियो सन् १९९६ (1996) मा।
 
(B) अर्को निचोड्को कुरा केहो भने, जुन दिन देखि समयको सुरुवात भयो, त्यो दिन देखि के भएको रहेछ ! भनेर एक झलक लिने तयारी हो ।
 
(C) त्यो झलकमा यसरी निम्न कुराहरू रहने छन्: १. बिग ब्याङ समयको त्यो भयानक प्रकारको लाइट, २. ग्यालेक्सीहरुको उत्पत्ति ३. ताराहरुको जन्म (निर्माण? ) तथा ४. सम्पूर्ण ब्रह्माण्डको जन्म !
 
६. यो टेलिस्कोप निर्माण खर्च मात्रै करिब दश अर्ब डलर लागेको छ । आगामी दिनहरुको खर्चको हिसाब छैन यहाँ । नासाले थुप्रै अन्य प्रोजेक्टहरु स्थगित गरी रकमान्तर गर्नु परेको मात्र होइन, क्यानेडियन र युरोपियन दुई अनुसन्धान संस्थाहरूलाई पनि लगानीको लागि गुहार मागेको अबस्था हो।
 
७. ठीक यही समयमा यता हाम्रो छिमेकी देश भारतले पनि एउटा "रामानुजआचार्य" भन्ने मान्छेको शालिक र त्यसको पार्क निर्माण गर्न करिब एक अर्ब इन्डियनहरुलाई मूर्ख बनाउँदै रू १४ अर्ब इन्डियन पैशा नै खर्च गरिरहेको छ । उसको टेलिस्कोप त्यही हो ?
 
८. अर्को तर्फ नेपालमा पनि प्रत्येक गाउँ पालिकामा भ्यू टावरको नाममा रु. दश अर्ब (मोटामोटी हिसाब गर्दा) खर्च हुँदै रहेछ ! आशा गरौं, नेपालले अझै भ्यूटावर निर्माण जारी गरिरहने छ । हाम्रो टेलिस्कोप यही हो ।
 
९. तर, कसको लगानी बढी सही होला ? नासाको,भारतीयको वा नेपालकाे ? माथिका कुन लगानीले भोलिका दिनहरुमा बढी तथा सही प्रतिफल देलान् आगामी पुस्ताको निम्ति, समाज, देश र विश्व जगतको निम्ति ?
 
१०. बुद्धिमान को हो ? मूर्ख को हो ? लठैत को हो ? यी तीन प्रश्नहरूबीच म अन्योलमा छु ।
 
(श्रोत: नासा तथा JWST वेब साईट अस्तु । ए. पोख्रेल ।)
 
साभार – एपी शर्माकाे मुहारपुस्तिका