शनिबार, आश्विन १७ गते २०८३

काेभिडबाट जाेगिन जाेर बिजाेर यातायात पालैपालाे मात्र चल्न दिइने

माघ ८, २०७८ शनिबार
काेभिडबाट जाेगिन जाेर बिजाेर यातायात पालैपालाे मात्र चल्न दिइने

बढ्दो र फैलँदो तेश्रो कोभिड भेरिएण्टलाई मध्य नजर राखेर सरकारले यातायातका साधनहरु जोर बिरोजको दिन बिराएर चलाउनु पर्ने आदेश जारी गरेको छ । यो नियम सार्बजनिक र नीजी यातायात साधन सबैका लागि जारी गरिएको आदेश हो । तर खाद्य पदार्थ, इन्धन, औषधी, पानी बोकेका गाडीहरु र सरकारी तथा गैर सरकारी बित्तीय संस्थाका कर्मचारीहरु बोकेको गाडी, परिचय पत्र भएका सञ्चारकर्मीका गाडीहरुका लागि भने यो नियम लागु नहुने बताइएको छ ।

 

jorbijor.jpg

 

याे नियम २०७८ माघ ७ गते राती १२ बजेदेखि लागु हुने बताइएकाे छ । सरकारकाे यस्ताे प्रबन्धले समस्या समाधान हुन मद्दत नगर्ने कतिपय जानिफकार बिज्ञहरूले उल्लेख गर्दै अन्य उपायहरूकाे खाेजी गर्नुपर्ने बताएका छन् ।

Yatayat.jfif